श्री देउराली आधारभूत विद्यालयमा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान

सिन्धुली/कमलामाई नगरपालिका-४ स्थित श्री देउराली आधारभूत विद्यालयमा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार विसुन्केको अध्यक्षता तथा कमलामाई नगरपालिका-४ का वडा सदस्य गोरीमाया विसुन्केको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीहरूलाई टीका तथा जमरा लगाइदिएर चाडपर्वको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा दसैँ, तिहार र छठजस्ता नेपालीका प्रमुख पर्वहरूलाई आपसी सद्भाव, भाइचारा, मेलमिलाप र खुसीयालीका साथ मनाउन आग्रह गरिएको थियो।

विद्यालयमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा चाडपर्वप्रतिको उत्साह थप्नुका साथै नेपाली संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत सकारात्मक सन्देश दिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार विसुन्केले चाडपर्वले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै  सबैमा सुख, शान्ति, समृद्धि र खुसीको कामना गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *