चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ
सिन्धुली/चेक अनादर मुद्दामा अदालतबाट जरिवाना फैसला भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका ३ फिक्कल एग्रो फार्म बस्ने अन्दाजी ४४ वर्षीय सागर पुलामी मगरलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पुलामी मगर विरुद्ध सम्मानित सिन्धुली जिल्ला अदालतबाट २०८३ जेठ ५ गते चेक अनादर मुद्दामा २ हजार रुपौयाँ जरिवाना हुने फैसला भएको थियो ।
फैसला कार्यान्वयनको क्रममा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित सिन्धुली जिल्ला अदालतमा पठाएको जनाएको छ ।
प्रतिक्रिया


