कर्मचारी मिलन केन्द्र सिन्धुलीको कविता प्रतियोगितामा ९ जना पुरस्कृत

सिन्धुली/कर्मचारी मिलन केन्द्र सिन्धुलीले आयोजना गरेको कविता प्रतियोगितामा विजयी ९ जना कविलाई पुरस्कार प्रदान गरिएको छ ।

केन्द्रले गत ६ गते मंगलबार आयोजना गरेको प्रतियोगितामा कर्मचारीतर्फ ४ जना र विद्यार्थीतर्फ ५ जना गरी ९ जना विजेतालाई आज एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेको हो ।

विजयी भएकाहरुलाई नगद पुरस्कार, प्रमाणपत्र तथा पुस्तक प्रदान गरिएको आयोजकले जनाएको छ । पुरस्कारमा साहित्यकार प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफल’, हेम प्रभाषको कविता सङ्ग्रह ‘साँझमा सेल्फी’ तथा प्रवीण कटवालको गीत सङ्ग्रह ‘आकाशको फल’ लगायतका पुस्तकहरू समेत समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा कर्मचारी तथा विद्यार्थी कविहरूको उत्साहजनक सहभागिता रहेको थियो । साहित्य र सिर्जनाको प्रवद्र्धन तथा कर्मचारी र विद्यार्थीबीच सिर्जनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *