बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सिन्धुली/बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको प्रहरी टोलीले हरिहरपुरगढी गाउँपालिका-४ हाकपारा बस्ने ५४ वर्षीय भक्तबहादुर राईलाई आज बुधबार बिहान उनकै घरबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत सिन्धुलीले २०८३ भदौ ५ गते गरेको फैसला अनुसार राईलाई बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया


