मरिणमा युवा उद्यमशीलता विकास कार्यक्रमका लागि ५० जनालाई अवसर

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा १८ देखि २७ वर्ष उमेर समूहका युवालाई लक्षित गरी उद्यमशीलता विकास तथा स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रमका लागि गाउँपालिकाले ५० जना युवा छनोट गर्ने पालिकाले एक सूचना प्रकाशन गर्दे जानकारी दिएको हो ।

मरिण गाउँपालिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित रुपान्तरण तथा नवप्रवर्तनका लागि युवा सशक्तीकरण (वाईटिआई) परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

युवालाई उद्यम विकास सम्बन्धी क्षमता अभिवृद्धि गराई व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग प्रदान गर्ने उद्देश्य कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

मरिण गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ मा स्थायी बसोबास गर्ने १८ देखि २७ वर्ष उमेर समूहका युवा महिला तथा पुरुषले कार्यक्रममा सहभागी हुन आवेदन दिन सक्नेछन्। इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज १६ गतेसम्म गाउँपालिकाको उद्यम विकास शाखामा निवेदन पेश गर्नुपर्नेछ । कार्यक्रममा कुल ५० जना सहभागी छनोट गरिनेछ । सहभागीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने व्यवस्था गरिएको छ ।

आवेदकले बंगुरपालन, पाडापाडी पालन, बाख्रापालन, कुखुरापालन, कृषि व्यवसाय तथा सेवामूलक पसल व्यवसाय मध्ये आफूले सञ्चालन गर्न चाहेको कुनै एक व्यवसाय छनोट गर्नुपर्नेछ । सेवामूलक पसल व्यवसायमा पशु व्यवसायसँग सम्बन्धित व्यवसायलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।

आवेदनको लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, तोकिएको ढाँचाको दरखास्त फाराम, व्यवसायिक योजना र कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्नेछ । यसअघि आर्थिक वर्ष २०८२/०८३ मा छनोट भएका घरपरिवार भने कार्यक्रममा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ । निवेदन मरिण गाउँपालिकाको उद्यम विकास शाखा मा पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *