भोटेकोशी बाढीमा सम्पर्कविहीन नगरवासीको खोजीमा कमलामाई सक्रिय

सिन्धुली/रसुवामा आएको विनाशकारी बाढी र पहिरोे बाढीमा परी सम्पर्कविहीन भएका कमलामाई नगर क्षेत्रका नगरवासीहरूको खोजी तथा उद्धार कार्यमा कमलामाई नगरपालिकाले सहजीकरण गरिरहेको छ ।

गत भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका नगरवासीका परिवार तथा आफन्तजनलाई प्रभावित क्षेत्रमा पुगेर खोजी गर्न सहज होस् भन्दै नगरपालिकाले यातायातको व्यवस्था गरी आवत जावतमा सहजीकरण गरिरहेको छ ।

सम्पर्कविहीन आफन्तको अवस्था बुझ्न तथा सम्भावित खोजीमा सहभागी हुन चाहने परिवारजनलाई प्रभावित क्षेत्रसम्म पुग्ने व्यवस्था मिलाइएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार बाढीपछि आफ्ना नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै नगरपालिकाले सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गरिरहेको छ ।

नगरपालिकाले विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक राहत, सहयोग र समन्वय उपलब्ध गराउने कार्यलाई समेत प्राथमिकतामा राखेको छ ।

कमलामाई नगरपालिका नगरवासीको खोजी, उद्धार तथा राहत व्यवस्थापनमा सदैव सक्रिय र प्रतिबद्ध रहेको नगर प्रमुखले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *