सिन्धुलीका २९ नागरिकको उद्धार

सिन्धुली/रसुवामा आएको भोटेकोशी नदीको बाढीमा परेर जोखिममा रहेका सिन्धुलीका २९ जना नागरिकको उद्धार गरिएको छ ।

उद्धार गरिएका उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको जनाइएको छ ।उद्धार गरिएका मध्ये ३ वर्षका बालकदेखि ५२ वर्षसम्मका नागरिकहरु रहेका छन् । उद्धार गरिएका नागरिकहरूको विवरण सिन्धुली क्षेत्र नम्बर २ का सांसद आषिस गजुरेलले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको हो ।

सांसद गजुरेलका अनुसार उद्धार गरिएका नागरिकहरूमा २१ वर्षका संखर मगर,२४ वर्षका गणेश लुङ्गेली, ३० वर्षका रत्न बहादुर थापा मगर, ३ वर्षका केवेन श्रेष्ठ,२१ वर्षका होम बहादुर मगर, ४१ वर्षका राजन विक,५० वर्षका बल बहादुर माझी,१८ वर्षका भक्त बहादुर माझी,३५ वर्षका सुनिल माझी, २३ वर्षका दिनेश मगर,३३ वर्षका पर्शुराम राई, ४५ वर्षका बद्री थापा, ४५ वर्षका कुमार बुढाथोकी, ३९ वर्षका शूर्य बहादुर तामाङ, ३१ वर्षका नवराज मिर्चिङ,२२ वर्षका नबिन तामाङ, ५२ वर्षका नारायण बहादुर खत्री, ४२ वर्षका भुवन बहादुर सुनुवार, ३३ वर्षका श्यामलाल मोक्तान, ४२ वर्षका राजन विक, ५० वर्षका डोल बहादुर माझी३५ वर्षका विशाल मगर, २६ वर्षका सुरेन्द्र बहादुर थिङ,४३ वर्षका बिजय थिङ२५. २५ वर्षका सुजन माझी, ३८ वर्षका ज्ञान प्रसाद बराल,१९ वर्षका सुमन मगर,४२ वर्षका धन बहादुर मगर र ४० वर्षकी देवकी श्रेष्ठ रहेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । बाढीको जोखिममा परेका नागरिकको खोज तथा उद्धारका लागि सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन भईरहेको छ ।

उद्धार गरिएका सिन्धुलीका नागरिकहरूको हालको अवस्था र उनीहरूलाई राखिएको सुरक्षित स्थानबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *