रसुवा बाढीको पीडामा सापारुमा मौन ¥याली, सिन्धुलीमा उत्सव स्थगित

सिन्धुली/रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै नेवाः देय् दबू, सिन्धुलीले यस वर्षको सापारु (गाईजात्रा) मौन ¥यालीमार्फत मनाउने निर्णय गरेको छ।

नेवाः देय् दबू, सिन्धुलीका अनुसार विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै यस वर्ष सापारुका अवसरमा हुने बाजागाजा तथा मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको हो।

नेवाः समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व सापारु दुःखमा परेका परिवारजनको सम्झना र सहानुभूति प्रकट गर्ने अवसरसमेत भएकाले रसुवा बाढीबाट प्रभावित परिवारप्रति मानवीय सद्भाव  जनाउन मौन ¥याली आयोजना गर्न लागिएको दबूले जनाएको छ।

मौन ¥याली २०८३ भदौ १३ गते शनिबार बिहान ८ बजे कमलामाई–६ स्थित नेवाः देय् दबूको कार्यालयबाट सुरु हुनेछ।

¥यालीमा नेवाः समुदायसँगै सामाजिक संघ संस्था, नागरिक समाज, बुद्धिजीवी तथा शुभेच्छुकहरूलाई सहभागी हुन नेवाः देय् दबूले आह्वान गरेको छ।

यस वर्षको सापारुलाई उत्सवका रूपमा नभई विपद्मा परेका परिवारप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्ने अवसरका रूपमा मनाउने दबूको निर्णय छ।

दुःखको घडीमा उत्सव होइन, सहानुभूति र ऐक्यबद्धता’ भन्ने सन्देशसहित मौन ¥याली आयोजना गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *