रसुवा बाढीपछि सिन्धुलीका ३६ जना सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता
सिन्धुली/बुधबार बिहान रसुवामा गएको विनाशकारी बाढीपछि सिन्धुलीका ३६ जना सम्पर्कविहीन भएका छन् ।
बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाकारी दिएको छ ।
सम्पर्कविहीन हुनेमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढी, सुनकोशी र दुधौली लगायतका नागरिकहरु रहेका छन् ।
प्रशासनको अनुसार सम्पर्कविहीन हुनेमा कमलामाई १ का राजेन्द्र ढकाल, कमलामाई ३ का हेमप्रसाद गौतम फिक्कल २ का सिलानाथ आछामी र खिलानाथ आछामी , कमलामाई ३ का हेमबहादुर गौतम, कमलामाई ६ का खगेन्द्र मग्राती रहेका छन् भने लक्ष्मण सापकोटा र राजकुमार श्रेष्ठ कमलामाई ११ रहेका छन् ।
त्यस्तै बुद्धिविक्रम थापा, बलबहादुर माझी, भक्तबहादुर माझी, सोमबहादुर माझी, भरत माझी, शंकर खत्री, टेकबहादुर श्रेष्ठ, विष्णुबहादुर श्रेष्ठ र प्रेमबहादुर घलान पनि सम्पर्कविहीन छन् । उनीहरू कमलामाई नगरपालिका ११ का रहेको प्रशासनले जानकारी दिएको छ ।
यसैगरी फुरस्याङ स्याङ्तान हरिहरपुरगढी ८, दिनेश आछामी फिक्कल २, पदम बहादुर मसाङ्गी मगर, नैनबहादुर मसाङ्गी मगर र छत्रबहादुर लामिछाने तीनपाटन ९ र कमलामाई ५ का राजकुमार श्रेष्ठ पनि सम्पर्कविहीन छन् ।
अन्य सम्पर्कविहीन हुनेमा केवलबहादुर थापा भीमान, विपिन गोले घ्याङलेख ३, केशल बहादुर थापा कमलामाई ९, मोहनविक्रम थापा दुधौली ४, लालबहादुर पुलामी दुधौली २, फलाम सिंह दनुवार दुधौली १३, अमर यादी मगर, प्रविन बुर्जा मगर र सुमन बुर्जा मगर सुनकोशी २, सबिन बुर्जा मगर सुनकोशी २ तथा नेत्रबहादुर स्याङ्तान सुनकोशी ७ रहेका छन् ।
प्रशासनको सूचीमा भुपेन गुरुङको नामसमेत उल्लेख भए पनि उनको ठेगाना चितवन राखिएको छ ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । आफन्तहरू भने आफ्ना परिवारजनको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन् ।


