मरिणमा राति १० बजेदेखि सबै व्यवसाय बन्द

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले राति १०ः०० बजेदेखि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

पालिकाले पालिका क्षेत्रभित्र शान्ति–सुरक्षा, सामाजिक सद्भाव, सुव्यवस्था तथा अमनचयन कायम राख्ने उद्देश्यले प्रत्येक दिन राति १०ः०० बजेदेखि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

पालिकाको अनुसार गाउँ कार्यपालिकाको असार २४ गते बसेको बैठकको निर्णयअनुसार होटल, रेष्टुरेन्ट, मदिरा तथा कोल्ड ड्रिङ्क बिक्री–वितरण गर्ने पसलसहित अन्य सबै प्रकारका व्यावसायिक प्रतिष्ठान राति १० बजेपछि सञ्चालन गर्न नपाइने भएको जानकारी दिएको छ ।

गाउँपालिकाले गरेको निर्णय पूर्ण पालना गर्न पालिकाले सम्पूर्ण व्यवसायी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै पालिकाले सूचनामा लागू गरिएको समयसीमापछि व्यवसाय सञ्चालन गरेको पाइएमा वा निर्णय उल्लङ्घन भएको प्रमाणित भएमा सम्बन्धित व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

गाउँपालिकाले गरेको यस निर्णयबाट गाउँपालिकालाई शान्त, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरीएको गाउँपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *