प्रेस सेन्टर नेपाल सिन्धुलीको अधिवेशन सकियो, अध्यक्षमा बुद्ध नेपाली
सिन्धुली/बुद्ध नेपालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाचौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्य कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नविन श्रेष्ठको अध्यक्षता तथा प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो । अधिवेशनले खुला उपाध्यक्षमा संगिता डिम्दोङ्, समावेशी उपाध्यक्षमा प्रतिमा दियाली, सचिवमा मनोज दाहाल, सह सचिवमा महेश ठटाल र विर्ख बहादुर वाइबालाई चयन गरेको छ भने कोषाध्यक्षमा विशाल सत्शंकर चुनिएका छन् । सदस्यहरुमा आस्था विश्वकर्मा, उर्मिला दियाली, मोतिलाल घोले, कबिराज तामाङ, पबित्रा कुमारी श्रेष्ठ र जीवन दर्लामी रहेका छन् ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिव धु्रव अधिकारी, केन्द्रीय सदस्य मीन कुमार दाहाल, बागमती प्रदेश सचिव धु्रवचन्द्र खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबाबु अधिकारी, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाइपि विनय, प्रेस युनियनका अध्यक्ष बरुण लामिछाने, फोनिज सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अतिथिहरुले प्रेस सेन्टर नेपाल सिन्धुलीको अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।