रोशी खोला र सुनकोशी नदीको वहाव वढ्दा कुशेश्वर महादेव गुरूकुल उच्च जोखिममा

असोज ११, सिन्धुली/अविरल वर्षाका कारण कुशेश्वर महादेव गुरूकुल उच्च जोखिममा परेको छ। रोशी खोला र सुनकोशी नदीको बीचमा रहेको गुरूकुलमा २८ वालवालिका र ३ शिक्षक रहेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका -१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुल नजिक रहेको रोशी खोलाको वहाव वढेर कटान गर्न थालेपछि उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

मन्दिरको पछाडि सुनकोशी नदी  र  अगाडी रोशी खोलाको वहाव बढेकोले उद्धार गर्न कठिनाए भएकोले नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनु भयो।

रोशी खोलाले गुरूकुल नजिक रहेको एक पक्कि घर र ३ ओटा टहरा वगाएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *