• भदौ ३०, सिन्धुली/इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी अधिकृतको टोलिले कमलामाई नगरपालिका –९ भिमान चोरखोलाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाइ नियन्त्रणमा लिएको छ ।

    बर्दिबासबाट भिमानतर्फ आउँदै गरेको प्र.२–०२–००३ प ५३३१ को मोटरसाइकलमा शंका लागेर चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित बर्दिबास नगरपालिकाका चालक २४ बर्षिय अविरन कुमार महत्तो र पछाडि सवार सोहि स्थानका २१ बर्षिय पप्पु ठाकुरलाई नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काका अनुसार चेकजाँच गर्ने क्रममा निजको साथबाट एक्जीप्लोन नौ बोतल फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।