• भदौ २७,सिन्धुली/बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिन्धुपाल्चोकका छत्र बहादुर तामाङ निर्वाचित हुनुभएको छ । बुधबार काठमान्डौमा सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

    निर्वाचनमा तामाङका प्रतिस्पर्धी राजाराम न्हिसुतुले ३० मत प्राप्त गर्नुभएको थियो भने तामाङले ३६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काभ्रेका राजकुमार बुढाथोकीले ३७ मत पाएर विजयी हुनुभएको छ ।

    उहाँको प्रतिस्पर्धीले २७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा चितवनका उमानन्द कंडेल निर्वाचित निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी सुमन अधिकारी र कंडेलले ३२/३२ मत पाएकोमा गोलाप्रथाद्धारा कंडेल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    महासचिवमा उमेश रिजाललाई पराजित गर्दै रामेछापका चन्द्र कुमार वाइवा निर्वाचित भएका छन् । रिजालले २९ मत प्राप्त गरेका थिए भने वाइवाले ३७ मत प्राप्त गर्नुभएको थियो । उपमहासचिव (नितिगत)मा रामेछापका रामवावु घिमिरे, उपमहासचिव (आन्तरिक)मा नुवाकोटका लक्ष्मण थपलिया निर्वाचित भएका छन् ।

    कोषाध्यक्षमा दोलखाका राजेन्द्र उप्रेती निर्वाचित भएका छन् । प्रतिस्पर्धी मदन केसी लाई हराउँदै उप्रेती ३५ मत सहित विजयी हुनुभएको छ । सहकोषाध्यक्षमा सिन्धुलीका दिल बहादुर वम्जन (डिबी) निर्वाचित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी हिरा लामालाई हराउँदै बम्जन विजयी हुनुभएको हो ।

    लामाले ३१ मत प्राप्त गरेका थिए भने बम्जनले ३४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सिन्धुली बिल्डर्स प्राइभेट लिमिटेडका सन्चालन बम्जन लामो समयदेखि निर्माण व्यवसायमा आवद्ध हुनुहन्छ । कमिटी सदस्यहरुमा प्रल्हाद चौंलागाई, देवराज पाण्डे, ढक प्रसाद गौतम, राजेन्द्र चौलागाई, पदम वहादुर श्रेष्ठ, राजेन्द्र आचार्य र चन्द्रमाया भंडेल निर्वाचित भएका छन् । निर्वाचित नयाँ समितिले बिहिबार सपथ लिएका छन्