अखिल (क्रान्तिकारी) मरिण गाउँ कमिटीको अध्यक्षमा सन्तलाल बम्जन सर्बसम्मत
भदौ ८, सिन्धुली/अखिल(क्रान्तिकारी) मरिण गाउँ कमिटीको अध्यक्षमा सन्तलाल बम्जन सर्बसम्मत चयन हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त माझीको प्रमुख आतिथ्यतामा आज सम्पन्न तेस्रो सम्मेलनबाट सन्तलाल बम्जनको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।
अखिल(क्रान्तिकारी) मरिण गाउँ कमिटीको उपाध्यक्षमा नवीन श्रेष्ठ, विशेष राई, शेर बहादुर कार्की, सचिवमा दिनेश वि.क, सहसचिवमा इन्द्र प्रसाई , उज्जवल आरण, जमुना मास्के मगर, कोषाध्यक्षमा निर्जला थापा सहित ३१ सदस्यीय कमिटी गठन भएको जनाइएको छ । ।
कार्यक्रममा बागमती प्रदेश सह–सचिव प्रकाश श्रेष्ठ , अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ, मरिण पार्टी इन्चार्ज शरन अस्तानी, गाउँपालिका निर्वाचित अध्यक्ष प्रख्यात मोक्तान, पार्टी अध्यक्ष काजीमान थिङ, उपाध्यक्ष राजकुमार श्रेष्ठ , चिनध्वज बम्जन लगायतको उपस्थिती रहेको थियो ।