• भदौ २, सिन्धुली/राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीले गत आर्थिक वर्ष ०८०/०८१ मा ९ करोड भन्दा बढी नाफा कमाएको छ । गत आर्थिक बर्षमा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीले ९ करोड भन्दा बढी अर्थात् ९० प्रतिशत भन्दा माथि कर्जा असुल गर्न सफल भएको हो ।
    जिल्लामा निजी क्षेत्रका बैंक तथा बित्तिय संस्था, उद्योग, व्यापारको तुलनामा वाणिज्य बैंकमा आर्थिक मन्दीको प्रभाव कमै परेको बैकका शाखा प्रवन्धक लाल बहादुर थोकरले बताउनुभयो । बैकको कारोबार सन्तोषजनक रहेको शाखा प्रबन्धक थोकरको भनाई छ ।
    “१ हजार १ सय भन्दा बढी लगानी कर्तामा गरेको लगानी बाट प्राप्त आम्दानी र अन्य बैकको प्रक्रियागत शुल्क बाट प्राप्त आम्दानीबाट बैंकले उक्त नाफा कमाउन सफल भएको हो । बैकले सरकारी क्षेत्रमा संलग्न व्यक्ती लाई गरेको लगानी सहज रुपमा असुल गर्न सफल भए पनि निजी क्षेत्रको व्यापार व्यवसायमा गरेको लगानीको नियमित किस्ता उठाउन भने केही चुनौती नै देखिएको छ ।; उहाँले भन्नुभयो ।
    बजारमा मानिसको चहलपहल र कारोबार निकै कम हुन थाले पछि व्यापार व्यवसाय गरेर बैंकको नियमित किस्ता तिर्न समस्या हुन थालेको व्यापारी भन्ने व्यापारीहरुले गुनासो राख्ने गरेको उहाँले सुनाउनु भयो ।
    आर्थिक मन्दीको प्रभावले निजी क्षेत्रमा प्रत्यक्ष असर परिहरको समयमा वाणिज्य बैंकले उनीहरुको आर्थिक अवस्था उकास्न र उद्यमशील र विपन्न क्षेत्रमा समेत कर्जा लगानी गरेको बैंकको भनाई छ ।
    बाणिज्य बैंक सिन्धुली शाखाले हाल सम्म प्रति व्यक्ती ४ लाख सम्मको दरले ८४ जनालाई ३ करोड कर्जा लगानी गरेको छ । यस्तै विपन्न र कृषी क्षेत्रमा समेत गरी २७ करोड कर्जा लगानी भईरहेको पनि कार्यालयले जनाएको छ । यसैगरी उत्पादनशिल क्षेत्रमा १५ लाख रुपैया सम्मका २१ वटा महिला उद्यमशिल कर्जा वितरण गरिएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।