हरिहरपुरगढीमा छोराको बन्चरो प्रहारबाट बुवाको मृत्यु
साउन २९,सिन्धुली/जिल्लामा छोराको बन्चरो प्रहारबाट वुबाको घटनास्थलमै मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका –७ स्थित पन्चचौरी लामपातेका ५८ बर्षिय लाल बहादुर घिमिरे (विक) लाई उनकै माईला छोरा २१ बर्षिय बर्षीय अमृत घिमिरे (विक) ले बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार राति ८ ः३० बजेको समयमा घरमै सुतिरहेको समयमा वुबालाई उनकै छोराले बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
आफ्नै बुवालाई बन्चरो प्रहार गर्ने अमृतलाई प्रहरी चौकी क्यानेश्वरका प्रहरी अधिकृत समेतको टोलीले प्रहार गरेको बन्चरो सहित नियन्त्रणमा लिइएको जनाइएको छ । मृतकको शव पोस्र्टमाटमको लागि सिन्धुली अस्पताल सिन्धुली ल्याइएको छ ।
अमृत मानसिक रोगि भएको भनिएपनि घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।