• साउन १, सिन्धुली/कमलामाईका उद्यमी तथा ब्यवसायीले उपयुक्त प्रविधी प्राप्त गरेका छन् । कमलामाई नगरपालिकाद्धारा प्रवद्र्धन गरिएको सफल उद्यमी तथा व्यवसायीले मागमा आधारीत उपयुक्त प्रविधि प्राप्त गरेका हुन् ।
    आज एक औपचारिक कार्यक्रमका बिच कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल, उपप्रमुख मन्जु देवकोटा, उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखा प्रमुख सुशिल कुमार बर्मा उद्यमी तथा ब्यवसायीको उपस्थितीमा मागमा आधारित प्रविधी हस्तान्तरण गरिएको थियो ।

    कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको चालू आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त अनुदान र कमलामाई नगरपालिकाको आन्तरिक तर्फ विनियोजित बजेट बाट उद्यमी तथा ब्यवसायीलाई प्रविधिहरु हस्तान्तरण गरिएको हो ।
    कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उदेश्यले कमलमाईको ८० प्रतिशत लागतमा प्रविधि प्रदान गरिएको बताउनुभयो । उहाँले युवालाई उद्यमी तथा व्यवसायमा जोड दिनको लागि नगर यस्ता विभिन्न कार्यक्रम गर्दै आएको सुनाउनुभयो ।

    नगरपालिका क्षेत्र भित्र उद्यम तथा ब्यवसाय गरीरहेका उद्यमी तथा ब्यवसायीलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गर्ने उदेश्यले बिभिन्न प्रविधि हस्तान्तरण गरिएको कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखा प्रमुख सुशिल कुमार बर्माले जानकारी दिनुभयो ।
    नगरपालिका क्षेत्र भित्रका २० जना उद्यमी तथा ब्यवसायी र २ वटा समुहलाई कुटानी पिसानी मेसिन, धान कुट्ने मेसिन, सिस्नो सुकाउने मेसिन, टपरी बनाउने मेसिन, सिलाई कटाई मेसिन लगायत बंगुर फर्म संचालनको लागि जस्ता, पाईप र हिलट्ंयाकी प्राप्त गरेका छन् ।