• झुट नबोली राजनीति गर्छु भन्ने
    तँ अपराधी हो ।
    भ्रष्टाचार नगरी काम गरेर देखाउँछु भन्ने
    तँ विधि विरोधी हो ।
    अपराध नगरी सेवामा लाग्छु भन्ने
    तँ फटाहा हो ।
    कमिसन नखाई काम गरेर देखाउँछु भन्ने
    तँ भ्रष्टाचारको पक्षपाती हो ।
    बालेन!!

    हाम्रो मोजमस्तीको सिंहदरबारमा आगो लगाउँछु भन्ने
    तँ बौलाहा हो ।
    हाम्रो मन्त्रालय/विभागको अगाडि फोहोर थुपारी दिने
    तँ छुल्याहा हो ।
    फोहोर काठमाडौंलाई सफा पार्न खोज्ने
    तँ हावा हो ।
    भ्रष्टाचारीको पेटमा लात हानेर सुसासन देखाउँछु भन्ने
    तँ जनविरोधी हो ।
    बालेन!!!

    हाम्रो कर्तुतको सत्यता खोलिदिने
    तँ हराम हो ।
    चिल भएर हाम्रो निद हराम गराउने
    तँ भूत हो।
    नेतामुखी गणतन्त्र हल्लाउने
    तँ गणतन्त्रको विरोधी हो ।
    पैदल यात्रुको पक्षमा काम गर्न खोज्ने
    तँ संविधान विरोधी विद्रोही हो।

    फ्रोफेसर तथा अधिवक्ता – नारायण प्याकुरेल
    सिन्धुली