दुधौलीबाट अवैध गोलिया काठ सहित एक जना पक्राउ
फागुन २१, सिन्धुली/सिन्धुलीमा अवैध काठ सहित मानिस नियन्त्रणमा लिइएको छ । दुधौली नगरपालिका ६ जगाडि स्थित जनशक्ति सामुदायिक वनबाट काठ काटेर लुकाएर राखिएको अवस्थामा सालको काठ ३३ गोलिया २ सय क्युफिट र मानिस नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सोहि वडाका अन्दाजी ६० बर्षीय शिब चरण कुमरलाई नियन्त्रणमा लिइएको र उनका छोरा अन्दाजी ३० बर्षीय देब कुमर फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
बाबु छोराले जनशक्ति सामुदायिक वनबाट काठ काटेर बारीमा लुकाएका छन् भन्ने बिशेष सूचनाको आधारमा हर्षाही सव डिभिजन वन कार्यालयको कर्मचारी र इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी सहितको टोलिले खोजतलास गरेको थियो ।
करिब २ लाख रकम बराबरको काठ परालले छाेपेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त काठ र पक्राउ परेका व्यक्ति शिव चरण कुमरलाई हर्षाहि सव डिभिजन वन कार्यालयमा कानूनी कारबाहिको लागि लगिएकाे छ ।फरार रहेका देब कुमरको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।