सिन्धुलीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

पुस २६, सिन्धुली/सिन्धुलीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका वडा नम्बर ११ मरघट्टिका ३९ बर्षीय राम बहादर सुनार रहेका छन् ।
गत पुस ९ गते कमला खोलामा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने क्रममा पानीमा डुबेर घाइते भएका सुनारको उपचारको क्रममा बुधबार साँझ (हिजो) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
फुलकुमारी महत्तो मेमोरियल हस्पिटल सिरहामा उपचारत घाइते सुनारलाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमान्डौँ लगिएको थियो । उपचारको क्रममा सोहि अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान थालको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *