च्याउकोटको थ्रीडि लाइट अज्ञात समुहले तोडफोड गरे, २ लाखको क्षति

पुस ९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट डाँडामा निर्माण गरिएको थ्रीडि लाइट तोडफोड गरिएको छ । थ्रीडि लाइट माथि अज्ञात समुह द्धारा तोडफोड गरेका हुन् ।
बागमती प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्रयास होटल सिन्धुलीले संचालन गर्दै आएको प्याराग्लाइडिङको टेकअफ पोइन्ट च्याउकोटमा पर्यटकलाई आकर्षीत गर्नको लागि बनाइएको आइ लभ सिन्धुली लेखिएको थ्रीडि लाइट बोर्ड गएराती अज्ञात समुहले तोडफोड गरेको प्रयास होटल संचालक नेत्र जंग थापाले जानकारी दिनुभयो ।
तर कसले, के को लागि सो लाइट तोडफोड गरेको भने पत्ता नलागेको थापाले बताउनु भयो । करिब २ लाख लगानीमा २ महिना अघि थ्रिडि लाइट निर्माण गरिएको थियो । प्याराग्लाइडिङको उडान हुने च्याउकोटबाट सिन्धुली भ्यालीको सुन्दर दृश्य अवलोकन गर्न सकिने छ । सिन्धुलीको सुन्दरतालाई तस्वीरमा कैद गर्न उक्त लाइट जडान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']