सिन्धुलीको दुधौलीमा करेण्ट लागेर एकजनाको मृत्यु

मंसिर ७, सिन्धुली/सिन्धुलीको दुधौली करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नम्बर १२ मवियाका विर बहादुर तामाङको आफ्नै घरमा प्लकमा तार जोड्ने क्रममा मरेण्ट लागेर मृत्यु भएको हो ।
आज विहान ६ः३० बजेको समयमा घरमा कोहि नभएको बेला बिर बहादुर तामाङले प्लकमा तार जोड्ने क्रममा सो तार आफ्नै जिउमा टाँसिएर करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
मृतक तामाङको छोरी प्रमिला तामाङले उनलाई भुईमा मृत अवस्थामा फेला पारेकी थिइन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']