मरिण गाउँपालिका–६ को ५७ घरमा केन्द्रीय प्रसारणको बिजुली पुग्यो, अध्यक्ष मोक्तानद्धारा उद्घाटन

कार्तिक १, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ को ५७ घरधुरीमा केन्द्रीय प्रशासरण लाइनको बिजुली बल्न सुरु भएपछि स्थानीय हर्षित भएका छन् । वर्षाैँदेखि अन्धकारमा बसेका बाँझोडाँडाँ, भालुवडार, तीन दोभान लगायतका बस्तिमा आज एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले केन्द्रीय प्रशासण बिजुलीको उद्घाटन गरेपछि स्थानीयमा खुसी छाएको छ ।

दसैँको मुखमा केन्द्रीय प्रशासरण लाइनको बिजुली बल्न सुरु भएपछि यतिबेला गाउँ नै उज्यालो भएको छ । धेरै समयबाट बिजुली पुर्याउन पहल गरिरहे पनि अहिले सम्भव भएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनु भयो । विद्युतीकरणबाट यस क्षेत्रका ५७ घरधुरी लाभान्वित भएसँगै गाउँपालिकाको करिब ८० प्रतिशत क्षेत्रमा बिजुली बलेको बताइएकाे छ ।

बिजुलीको सुविधा भएपछि स्थानीयलाइ बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न सजिलाे हुनेभएकाे छ । बिजुली उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी, माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्ष काजिमान थिङ,वडा नम्बर ६ का वडा अध्यक्ष हर्क बहादुर माझी, इलाका प्रहरी कार्यालय कपिलाकोटका इन्सपेक्टर धर्मराज खत्री लगायतको उपस्थिती रहेको थियो । मरिणको बाँकी १० प्रतिशत क्षेत्रमा पनि छिटै विद्युतको सुविधा पुर्याउने योजनाका साथ लागिरहेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *