गजल

जताततै लथालिङ्ग छ यता पनि उता पनि।
विरक्त लागेर आउँछ यार देश सम्झिदा पनि ।।

पशु मार्नेलाई कारागार मान्छे मार्नेलाई माफी
सरकार! बन्नु हुन्न थ्यो यतिसम्म घटिया पनि ।।

हजुर पो टाउको दुख्दा पनि सिंगापुर पुग्नुहुन्छ
बाटोमै जन्मिन बाध्य छन् सुदूरमा बच्चा पनि ।।

मोबाइल टिभी खेलौना बन्यो अचेल नानीबाबुको
बाले हलो बनाई दिन्थे हाम्रो त खेलौना पनि ।।

शासकहरुले बलात्कार गर्दै, प्रमाण लुकाइ रहे
छोरी, निर्मला जस्तै भइन् नेपाल आमा पनि ।।

कृष्णराज थिङ (थेबा)
मरिण गाउँपालिका ५,सिन्धुली
हाल कोरिया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']