सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई १ महिनाको तलब दिने घोषणा

असोज ३,सिन्धुली नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको ९ औँ जिल्ला अधिवेशन असोज ६ गते सिन्धुलीमाढीमा हुने भएको छ ।

करिब ६ बर्ष पछि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको ९ औँ जिल्ला अधिवेशन हुन लागेको हो । नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा असोज ६ गते दिउँसो ११ बजे अधिवेशनको उद्घाटन गरिने जिल्ला अध्यक्ष गम्भिर सिंह मोक्तानले जानकारी दिनुभयो ।

यसैबिच सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ (क) का बागमती प्रदेश सांसद क्षेत्र बहादुर बोम्जनले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको ९ औँ जिल्ला अधिवेशनलाई १ महिनाको तलब (५० हजार) दिने घोषणा गर्नुभएको छ । घेदुङको अधिवेशन तयारी बैठकका उहाँले सो घोषणा गर्नुभएको हो ।

तामाङ जातिहरुको वास्तविक मुद्धा उठाउने, भाषा, सस्कृती र रितिरिवाजको जगेर्नाको लागि आवाज उठाउने नेपाल तामाङ घेदुङले गरेका गतिबिधिमा साथ र सहयोगको गरिरहने प्रदेश सांसद बोम्जनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *