सिन्धुलीमा एमाले र काङ्ग्रेस पार्टी परित्याग गरी २० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

भदौ ३०, सिन्धुली/सिन्धुलीमा नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी २० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मरिण गाउँपालिका वडा नम्बर ३ वरुणमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको २० जना सक्रिय कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी रुपान्तरण अभियानमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बिमर्श मोक्तान (प्रख्यात)ले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको छ । नेपाली काङ्ग्रेस र नेकपा एमालेको जिल्ला, गाउँ र वडामा सक्रिय नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

लामो समय सम्म पार्टीमा लागेपनि चुनावको बेलामा मात्रै प्रयोग गर्ने तर जनताको समस्या नबुज्ने पार्टीमा बस्न उचित नलागेकाले माओवादीमा प्रवेश गरेको नेकपा एमालेका मरिण गाउँकमिटी सदस्य शंखर माझिको भनाई छ ।

नवप्रवेशीलाई स्वागत गर्नुहुँदै मोक्तानले उचित पदको व्यवस्था गरेर कार्यविभाजन गरिने बताउनु भयो । अन्याय गर्ने र अन्याय सहने दुवै माओवादी नहुने बताउनुहुँदै मोक्तानले माओवादीमा प्रवेश गरेपछि अन्याय गर्ने स सहने दुवै क्रियाकलाप बन्द गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *