तिज बिशेष कार्यक्रमका लागि कमलामाई नगरपालिकाले १४ वटै वडालाई २५ हजार दिने
भदौ १३,सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीले तिज बिशेष कार्यक्रमका गर्नका लागी बजेट प्रत्येक वडालाई विनियोजन गरेको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व मनाउँन नगरपालिकाको १४ वटै वडाका लागी २५ हजारका दरले बजेट विनियोजन गरेको हो ।
नगरपालिकाले आज सुचना निकालेर प्रत्येक वडालाई बजेट बिनियोजन गरेको जनाएको छ । सबैलाई समेटिने गरी हरितालिका तिज बिशेष कार्यक्रमको आयोजना गर्न नगरले आग्रह गरको छ ।
सम्बन्धीत वडामा रहेका महिला समूह, किशोरी समूह, महिला सहकारी संस्थाहरु, बालक्लबहरु तथा अन्य सरोकारवालाको सहभागितामा तीज विशेष कार्यक्रम सम्पन्न भएपछि कार्यक्रममा उपस्थितिको प्रतिलिपि, विल भरपाहि, कार्यक्रमको फोटो, कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन र वडाको सिफारिस सहित भुक्तानीका लागि पेश गर्न समेत सबै वडा कार्यालयलाई आग्रह गरीएको छ ।
यस बर्षको तिज पर्व असोज १ गते परेको छ ।