सिन्धुलीमा विधुत् प्राधिकरणको सवारी साधन दुर्घटना हुदा २ जना घाइते
भदौ १२,सिन्धुली/सिन्धुलीमा विधुत् प्राधिकरणको सवारी साधन दुर्घटना हुदा २ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका २ रतनपुरमा काठमान्डौँ बाट मोरङतर्फ जाँदै गरको विधुत् प्राधिकरण केरन सबस्टेशन मोरङको बीएबी १११४ नम्बर हाइलक्स दुर्घटना परी २ जना घाइते भएका हुन् ।
घाइते हुनेमा गाडि चालक महोत्तरी जिल्लाका भङ्गा नगरपालिकाका बैजनाथ राउत मध्यम घाइते भएका छन् भने सोहि गाडिमा सवार विधुत् प्राधिकरण केरन सबस्टेशनका नवौँ तहका कर्मचारी रौतहट जिल्लाका मौलापुर नगरपालिकाका ५० बर्षीय दर्शन राय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशब कटुवालले जानकारी दिनुभयो ।
घाइतेहरु दुवै जनालाई उपचारको लागि काठमान्डौँ लगिएको छ । गाडि सडकबाट अनियन्त्रित भई १० फिट तल खसेको प्रहरीले जनाएको छ ।