• भदौ १०, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा अबिरल बर्षाको कारण कमला नदीमा आएको बाढीले किसानको २ विघाहा भन्दा बढी उर्बराभूमी कटान गरेको छ । दुधौलीको वडा नम्बर ६ मा धान रोपिएको खेत कमला नदीले कटान गरेको हो ।
    नदीले धान सहित खेत नै कटान गरेपछि किसान चिन्तीत भएका छन् । वडा नम्बर ६ का स्थानीय तेज बहादुर लामिछाने मगरको ३ कठ्ठा, ईश्वरमान लामिछाने मगरको २ कठ्ठा, भक्त बहादुर लामिछाने मगरको १ कठ्ठा ,१० धुर, डडेर बहादुर लामिछाने मगर,गणेष बहादुर लामिछाने मगरको ३ कठ्ठा जमीन बाढीले कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।


    त्यस्तै केशर बहादुर कार्कीको २ कठ्ठा, रामजी गिरीको २ कठ्ठा,जतनलाल धामीको १कठ्ठा,कौशल बुढाथोककिो २ कठ्ठा,१० धुर,पृथ्वी बहादुर श्रेष्ठको १० धुर,शम्भु गौतमको ३ कठ्ठा,श्याम कार्कीको ५ कठ्ठा,ज्ञान बहादुर बलामपाखीको ५ कठ्ठा,भक्त बहादुर पुलामी कगरको ६ कठ्ठा,लिला बहादुर कार्कीको ६ कठ्ठा धान सहित खोलाले खेत कटान गरेको छ भने र देव बहादुर पुलामी मगरको ६ कठ्ठा खेत बाढीले परेको स्थानीयले बताएका छन् । हरेक बर्ष कमला खोलाले कमलाखोँचमा खेतीयोग्य उर्बरा जमीन कटान गर्नेगर्दछ ।