पहिरोमा परी मृत्यु भएका मृतकको परिवारलाई मन्त्री श्रेष्ठद्वारा राहत तथा नगद प्रदान
साउन २८, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत प्रदान गर्नुभएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ ककरेमा पुगेर पीडित परिवारलाई मन्त्री श्रेष्ठले राहत तथा नगद प्रदान गर्नुभएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ सिक्रेदोभानमा साउन २२ गते ससुराली गएका ककरेका २६ वर्षीय जिवन पहरी, उनको श्रीमती २३ बर्षिया शिला स्याङ्तान पहरी, ३ वर्षीय छोरा देव पहरी र ७ महिनाकी छोरी दिव्या पहरीलाई राती सुतीरहेको समयमा पहिरोले घर बगाउँदा बेपत्ता भएका थिए ।
बेपत्ता भएकोमा श्रीमती र छोराको शव फेला परेको छ भने जीवन पहरी र छोरी अझै वेबत्ता छन् । नेपाल सरकारको तर्फबाट ५ लाख र बागमती प्रदेश सरकारको तर्फबाट मृततका परिवारलाई २ लाख राहात प्राप्त हुने बताउनुहुँदै मन्त्री श्रेष्ठले राहातको लागि आवश्यक कागजात पेश गर्नको लागि आग्रह गर्नुभएको छ ।
अति न्यून परिवार रामबहादुर पहरी र सितामाया पहरीको बेपत्ता जिवन पहरी काइलो छोरा थिए । जिवनले श्रीमती र छोरा, छोरी लिएर ससुरालीबाट भोली आइपुग्छु भनेर घरमा खबर गरेका थिए तर राति सुतिरहेकै समयमा पहिरोले घर बगाएको उनका बुवा राम बहादुर बताउनुहुन्छ ।
अरुको जग्गामा घर बनाएर बसिरहेका राम बहादुरसँग शव फेला परेको बुहारी र नातीको काजक्रिया गर्न खर्च समेत टार्ने समस्या भएपछि मन्त्री श्रेष्ठको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले राहत उपलब्ध गराउनुका साथै मन्त्री श्रेष्ठले व्यक्तिगत दश हजार नगद पिडित परिवारलाई उपलब्ध गराउनु भएको हो । मन्त्री श्रेष्ठ सोहि क्षेत्रबाट बागमती प्रदेशमा निर्वाचित सांसद हुन् । उहाँले बेपत्ता भइरहेका जिवन पहरी र उनको छोराको खोजिकार्य तिव्र गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठले रेडक्रसको तर्फबाट पिडित परिवारलाई २ सेट अत्यावश्यक सामाग्रीहरु त्रीपाल, लत्ताकपडा, भाँडाकुडा लगायतका विभिन्न सामाग्री उपलब्ध गराउनु भएको थियो । त्यस्तै सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले पनि खाद्यान्नका सामाग्री उपलब्ध गराएकाे छ ।
पीडित परिवारलाई राहत वितरणको लागि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, शसस्त्र प्रहरी वल सिन्धुलीका प्रमुख सन्जीत पाण्डे, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवाल लगायतको उपस्थिती रहेको थियो ।