अन्तर्राष्ट्रिय युवा दिवसमा सांसद दाहालद्वारा नुनथला परिसरमा वृक्षारोपण

साउन २७, सिन्धुली/अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सिन्धुली सामुदायिक टेक्निकल इन्सिच्युट कमलामाई नगरुपालिका ६ , नुनथलाको परिसरमा वृक्षरोपण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले गुल्मोरको विरुवा रोप्नुभएको छ ।


वृक्षरोपणले विद्यालयमा सौन्दर्यकरणका साथै विद्यार्थीहरुलाई अक्सिजन पर्याप्त मात्रामा पुग्ने सांसद दाहालले बताउनु भएको छ । वृक्षरोपण गरेर मात्रै नहुने बिरुवाको संरक्षणमा पनि ध्यान दिनको लागि आग्रह गर्नुभएको छ । दक्ष जनशक्ति उत्पादन गरी खपत गर्ने प्रक्रियामा सरकार प्रतिबद्ध रहेको दाहालले बताउनु भयो । सरकारकै अभियानमा युवा परिषद मार्फत तल्लो स्थान सम्म सिपमुलक तालिम सन्चालन गरिने दाहालको भनाई छ ।


जिल्ला युवा समिति सिन्धुलीले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बोल्नुहुदै प्रतिनिधि सभा सदस्य दाहालले सिन्धुली सामुदायिक टेक्निकल इन्सिच्युटलाई टेक्निकल युनिर्भसिटीको रुपमा स्थापना गर्ने उदेश्य सहित जोड दिइरहेको बताउनु भएको छ । जसका लागि सम्बन्धित व्यक्तिहरुले अब्बल भुमिका निर्वाह गरिरहको दाहालले बताउनु भयो ।


बागमती प्रदेशको मन्त्री परिषदले १ सय बेडलाई स्वीकृती दिने निर्णय गर्ने भएको दाहालको भनाई छ । भौतिक पुर्बाधारहरु पुर्ण भएपनि सिन्धुली सामुदायिक टेक्निकल इन्सिच्युटमा स्टाफ नर्सको अध्ययनको लागि अनुमति नभएकाले रोकिएको बताउनुहुँदै दाहालले अनुमती पाइसकेपछि सुरु हुने उहाँले बताउनु भयो ।


सिन्धुली सामुदायिक टेक्निकल इन्सिच्युटमको कार्यकारी भुमिका निर्वाह गर्नुहुने अमरदिप देबकोटाले सिन्धुलीमा गुणस्तरीय विद्यार्थी उत्पादनमा नेतृत्वदायी भुमिकामा निरन्तर क्रियाशिल रुपमा लाग्नुभएको भन्दै दाहालले खुसि व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालयको सहयोगमा गुल्मोर,ज्याकाराण्डा,नेपालका रैथाने विरुवाहरु गरी ३ सय ५० बोट विरुवा वृक्षरोपण गरिएको जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष हेम कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *