सिन्धुलीमा लडेर एक जनाको घटना स्थलमै मृत्यु

साउन १९, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ रायडी खहरेखोला नजिकै बाटो हिड्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । वडा नम्बर ४ स्थित पोख्रेलगाउँका अन्दाजी ५५ बर्षिय फौद बहादुर खत्री सार्कीको मृत्यु भएको हो ।
आज दिउँसो करिब ३ बजेको समयमा खेतबाट घर तर्फ जाँदै गर्दा ढुङ्गामा चिप्लीएर लड्दा घटना स्थलामानै मृत्युभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
बाटो हिड्ने मानिसले धान बारीमा घोप्टो परेर लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक दिउँसो १२ बजे तिरै लडेको भएपनि थाहा नपाएका कारण घटना स्थलमै मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
मृतकको टाउँकोको पछाडि चोट लागेको छ । मदिरा सेवन गरेको कारण लडेर मृत्यु भएको स्थानीले बताएका छन् । मृतकलाई पोसमार्टमको लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।