प्रारम्भिक बाल बिकास तालिम सम्पन्न
साउन १७, सिन्धुली/फिक्कल गाउँपालिकाको समन्वय, शिक्षा तथा मानब श्रोत बिकास केन्द्र र सेतो गुराँस रास्ट्रीय बाल बिकास सेवाको संयुक्त प्राबिधिक सहकार्य र शेचेन करुणाको आयोजनामा प्रारम्भिक बाल बिकास सम्बन्धि १० दिवसीयतालिम सम्पन्न भएको छ ।
फिक्कल गाउँ पालिकाको वार्ड ३, ५ र ६ मा रहेका बाल विकास केन्द्र र बिद्यालयका १४ जना बाल बिकास सहजकार्ताहरुलाई तालिम संचालन गरिएको थियो । श्रवान ७ बाट सुरु भएको १० दिवसीय प्रारम्भिक बाल विकास तालिमको उद्घाटन पालिकाको सामाजिक बिकास शाखाको संयोजक तथा वार्ड ३ का वार्ड अध्यक्ष्य टेक बहादुर रजन मगरले गर्नु भएको थियो ।
तालिम समापन कार्यक्रम फिक्कल गाउँपालिकाका अध्यक्ष्य पार्वती सुनुवारको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रम अध्यक्षता शेचेन करुणा संस्थाका सिन्धुली जिल्ला प्रमुख बि. एन. धितालले गर्नु भएको थियो । कार्यक्रममा शिक्षा तथा मानब श्रोत बिकास केन्द्रका प्राबिधिक अधिकृत संजिप कुमार चौधरी फिक्कल गाउँपालिका शिक्षा शाखाका बिद्यालय निरिक्षक निलहरि लामिछाने लगायतको उपस्थित रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष सुनुवारले प्रारम्भिक बाल विकासको क्षेत्रमा अझ केन्द्रित गरि केन्द्र र स्थनीय तबरमा समन्वय गर्दै कार्य गर्ने प्रतिबध्ता जनाउनु भयो । कार्यक्रम संचालन संस्थाका सिनियर सोसल मोटीभेटर कर्ण बहादुर मगरले गर्नुभएको थियो भने सहायक ब्यबस्थापन प्रमिला घिमरे र राज कुमार रावतले गर्नु भएको थियो ।