सुनकोशी २ कमारे फाँटमा लिफ्ट मार्फत सिंचाई सुविधा

साउन १३, सिन्धुली/सुनकोशी गाउँपालिका २ कमारे फाँटमा लिफ्ट मार्फत सिंचाई सुविधा पुगेको छ । सुनकोसी नदिबाट लिफ्ट गरी सुनकोसी गाउँपालिका २ को कमारे फाँटमा सिंचाई गर्न सुरु गरिएको हो ।

प्रयाप्त सिंचाई सुविधा नहुँदा सुनकोशी गाउँपालिका २ को कमारे फाँटका सयौं विघा जग्गामा अन्नबाली लगाउन समस्या भएको थियो ।

आज प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले लिफ्ट सिंचाई योजनाको उद्घाटन गर्नु भयो । बागमती प्रदेश सरकारको ६ लाख र स्थानीयको जनश्रमदान समेत गरी तयार पारिएको लिफ्ट सिंचाई आयोजना सांसद दाहालले उद्घाटन गर्नु भएकाे हो ।

सुनकोसी गढतिर क्षेत्र सुख्खाग्रस्त भएपछि दाहालकै पहलमा बजेट व्यवस्थापन गरी लिफ्ट सिंचाईका लागि इनार निर्माण, पाईप जडान लगायतका कार्य सम्पन्न गरिएको थियो । आयोजनाले कमारे फाँट, माछापोखरी तथा माझी गाउँका झण्डै एक हजार एक सय रोपनी क्षेत्रफल जमिनमा सिंचाई सुविधा पुग्ने भएको सुनकोसी गाउँपालिका २ का वडा अध्यक्ष जिवन बुर्जाले जानकारी दिनुभयो ।

यस अघि जेनेरेटर मार्फत पम्प गरेर सिंचाई गर्दा खर्च बढी हुने र प्रयाप्त पानी पनि नआउदा समस्या हुने गरेको थियो । तर, अयोजना सुरु भएपछि भने त्यस क्षेत्रमा बाह्रै महिना सिंचाई गर्न सहज हुने स्थानीय देवचन्द्र माझीले जानकारी दिनु भयो । सुनकोसी गाउँपालिकाका अधिकांस स्थानमा खानेपानी तथा सिंचाईका लागि सुनकोसी नदीको पानी लिफ्ट गर्नुपर्ने बाध्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *