सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृती दिवसको अवसरमा सप्ताहव्यपी कार्यक्रम, आज रक्तदान
साउन १२, सिन्धुली/नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृती दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज ब्लड बैँक सिन्धुलीमा रक्तादान गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज दाहालले कर्मचारीको ट्रेड युनियन अधिकारी प्राप्तीका आन्दोलनमा सरकार पक्षका कर्मचारी संगठनहरु पन्छिँदा आन्दोलन कम्जोर भएको वताउनुभयो । जिल्ला इन्चार्ज दाहालले संघीय निजामति ऐन तत्काल पारित गरी कर्मचारीहरुको तममा समस्या समाधान गर्न सरकारसँग माग समेत गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कर्मचारीको गिर्दो शाखलाई उच्च बनाउन सम्पूर्ण कर्मचारीहरु जनताको सेवामा समर्पित हुन आग्रह गर्नु भयो । सरकारले यो वर्ष अनुशासनको बर्ष घोषणा गरेको वताउनु हुँदै सबै कर्मचारी अनुशासीत भएर सवामा लाग्न आग्रह गर्नु भयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतवार निवृत्त कर्मचारीलाई सम्मान तथा नवआगन्तुक कर्मचारीहरुलाई स्वागत कार्यक्रम गरिने निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्लीशौगत घिमिरेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गर्नु भएको छ ।