• साउन ९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाको बिभिन्न क्षेत्रमा धान रोपेको एक महिनामै गवारो लागेको छ । जिल्लाको पहाडि क्षेत्रमा भर्खरै धान रोपाई भइरहेको छ तर कमलामाई नगरपालिकाको केही वडामा भने धान रोपेको १ महिनामै गवारो लागेको किसानको गुनासो छ ।
    कमलामाई नगरपालिकाको वडा नम्बर ९ को काउछे,वडा नम्बर ४ को फाँट क्षेत्रमा,वडा नम्बर ११ मा धानको बिरुवामा गवारो लागेको गुनासो आएको कमलामाई नगरपालिकाका कृषि शाखाका कृषि प्राबिधिक प्रमुख सरोज फुयालले जाकनारी दिनुभयो ।
    धानको बिरुवाको बृद्धि भएसँगै बर्षेनि देखिने रोग नै हाल धानको बिरुवामा देखिएको कृषि प्राबिधिक फुयालले बताउनु भयो । उहाँले भन्नुभयो “ धानमा लाग्ने गवारो बिभिन्न प्रकारका हुन्छन् । कमलामाई नगरपालिकाको खेतमा देखिएको कवारोको लार्भा हुन् । यसले लार्भाले धानको कलिलो गुभोमा क्षति गरेपछि धानको गुभो मर्दछन् । ”


    गवारो लागेको गुनासो आएपछि कमलामाई नगरपालिकाले कृषि प्राबिधिक खटाएको छ । कमलामाई नगरपालिकाको वडा नम्बर ९ काउछेमा धानको जरामा गवारो देखिएपछि कृषकलाई रोकथामको बिषयमा जनकारी गराइएको कृषि प्राबिधिक लक्ष्मी श्रेष्ठले बताउनु भयो ।
    बिभिन्न उपायबाट पनि धानमा गवारो नियन्त्रणका नभएमा कारटाप हाइड्रोक्लोराइ,फ्रिपोनिल लगायतका बिषादी कृषि प्राबिधिकको सल्लाहा बमोजिम प्रयोग गर्न किसानलाई कृषि शाखाले अनरोध गरेको छ ।