निःशुल्क ब्लड बैंक स्थापनाका लागि ११ लाख भन्दा बढि रकम संकलन

साउन ३, सिन्धुली/सिन्धुलीमा निःशुल्क ब्लड बैंक स्थापनाका लागि हाल सम्म ११ लाख भन्दा बढि रकम संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले निःशुल्क ब्लड बैंकका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना बनाएको थियाे । साेही अनुरुप रकम संकलन भइरहेको छ ।
ब्लड बैंक स्थनापनाको लागि हाल सम्म ११ लाख ३० हजार २ सय ६७ रुपैयाँ संकलन भइसकेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो । निःशुल्क ब्लड उपलब्ध गराउनको लागि कोष स्थापना गर्ने योजना राखिएको सभापति श्रेष्ठको भनाई छ । उक्त कोषबाट ब्लड बैंक संचालन तथा ब्यबस्थापन गरी बिरामीहरुलाई निःशुल्क ब्लड उपलब्ध गराउने उद्देश्य रहेको सभापति श्रेष्ठले बताउनु भयो ।
अक्षयकोष स्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् । बिरामीहरुका लागि महत्वपूर्ण कामको सुरुवात भएकाले सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले सबैसंग अपिल गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *