लघुवित्तिय संस्था ज्याजतीको विरुद्ध संघर्ष समितीद्धारा सिन्धुलीमाढीमा विरोध प्रदर्शन
असार १९,सिन्धुली÷लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितीले सिन्धुलीमाढीमा विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाहरुको ज्याजतीको विरुद्धमा लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिती सिन्धुलीको आयोजना विरोध प्रदर्शन गरिएको हो ।
लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिती नेपालका अध्यक्ष मनिराम ज्ञवालीको उपस्थितीमा सिधुलीमाढीको बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । लघुवित्तीय संस्था र नेपाल बैंकर्स संघले आर्थिक र सामाजिक रुपान्तरणको नाममा जनतालाई शोषण गरेको केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले बताउनु भएको छ ।
लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्गको ट्याग लगाएर नेपाली जनतालाई सुकुम्बासी बनाउन नपाउने भन्दै संघर्ष समितिले सुकुम्बासी बनाउन नदिने अध्यक्ष ज्ञवालीले बताउनु भयो । वित्तीय व्यवस्थाविरुद्ध नभएर वित्तीय नीति सुधार लघुवित्त संस्था खारेज हुनुपर्छ भनेर आन्दोलनमा उत्रिएको उहाँले बताउनु भयो ।
‘बाचा,ैँ बचाऔँ र अघि बढौँ, लघुवित्तीय संस्था विरुद्धको ज्याजतीको विरुद्धमा एकजुट होऔँ’ भन्ने मुल नारा सहित नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु — खारेज गर, लघुवित्तीय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण — फिर्ता गर, आम गरिब किसानलाई निशुल्क ऋण — प्रदान गर लगायतका प्लेकार्ड सहित सिन्धुलीमाढीमा बिरोध प्रदर्शन गरिएको थियो ।