सांसद दाहालद्धारा ५१ हजार रुपैयाँको चेक रेडक्रसलाई हस्तान्तरण

असार १६,सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीलाई प्रतिबद्धता गर्नुभएको ५१ हजार रुपैयाँको चेक आज हस्तान्तरण गर्नुभएको छ ।
दाहालले आफ्नो जन्मदिनको अवसरमा रेडक्रसले स्थापना गर्न लागेको निःशुल्क ब्लड बैंकको लागि ५१ हजार प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले निःशुल्क ब्लड बैंकका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना बनाएकाले रकम सहयोग गरिएको प्रतिनिधि सभा सदस्य दाहालले बताउनु भयो । साथै उहाँले बिरामीहरुका लागि महत्वपूर्ण कामको सुरुवात भएकाले सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।


निःशुल्क ब्लड उपलब्ध गराउनको लागि कोष स्थापना गर्ने योजना राखिएको जिल्ला शाखाका सभापति असोक श्रेष्ठले जानकारी गराउनु भयो । उक्त कोषबाट ब्लड बैक संचालन तथा ब्यबस्थापन गरी बिरामीहरुलाई निःशुल्क ब्लड उपलब्ध गराउने उदेश्य रहेको सभापति श्रेष्ठले बताउनु भयो ।


ब्लड बैंक स्थापनाको लागि कमलामाई नगरपालिका ६ रातमाटाका गोबिन्द बहादुर बस्नेतले २५ हजार रुपैयाँ, सोहि स्थानकी अन्जु कुमारी कार्कीले २५ हजार ५ रुपैयाँ, गोबर्धनराज कोजु श्रेष्ठले २५ हजार ५ सय र विना मकाजु श्रेष्ठले २५ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको सभापति श्रेष्ष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *