सुनकोशीमा बहुउद्देश्यीय कृषक समूहका ४६ घरधुरीलाई कागतीको बेर्ना वितरण

असार १४, सिन्धुली/ सिन्धुलीको सुनकोशी गाउँपालिका वडामा ४ स्थित बहुउद्देश्यीय कृषक समूह कोट्गाउका कृषकलाई सुनकोशी गाउँपालिकाले कागतीको बेर्ना वितरण गरेको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्र्तगत साना व्यवसायिक कागती विकास कार्यक्रम मार्फत बहुउद्देश्यीय कृषक समूहका कृषकलाई ५० प्रतिशत अनुदानमा कागतीको बेर्ना सँगै बिषादी वितरण गरेको हो ।


सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले कृषकहरुलाई कागतीको बेर्ना वितरण गर्नुभएको छ । गाउँपालिकाले वडा नम्बर ५ लाई कागती पकेट क्षेत्र घोषणा गरिएको बताउनुहुदै अध्यक्ष बोहोराले पहिले बाटै ब्यवसायीक कागती खेती गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले बेर्ना वितरण गरिएको बताउनु भयो । सुनकोशी गाउँपालिकाले त्यहाका कृषकलाई ३ बर्ष अघि पनि कागतीको बेर्ना बितरण गरेको थियो ।


४ नम्बर वडाका धेरैजसो स्थान कागती खेतीको लागि माटो,हावापानी,वातावरण उपयुक्त रहेकाले मनग्य आम्दानी हुने आसा गरिएको उहाँले बताउनु भयो । कृषकलाई आबश्यक पर्ने सम्पुर्ण सामाग्री गाउँपालिकाले उपलब्ध गराउने पनि अध्यक्ष बोहोराको भनाई छ ।


सुन कागतीको बेर्ना ५ हजार र तेह्रथुम स्थानीय जातको कागती १ हजार गरी जम्मा ४६ घरधुरीलाई ६ हजार बेर्ना वितरण गरिएको सुनकोशी गाउँपालिकाका कृषी प्राबिधिक अनुद स्याङ्बाले जानकारी दिनुभयो ।
कार्यक्रममा ५ न. वडाका वडा अध्यक्ष सुरथ बसेल,वडा न.४ का वडा अध्यक्ष यम बहादुर जर्गा लगायतको उपस्थिती रहको थियो । सुनकोशी गाउँपालिकाले ७ नम्बर वडालाई किभि पकेट क्षेत्र घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *