मरिण गाउँपालिकाको करिब ५६ करोड बजेट सार्बजनिक

असार ५,सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेस्रो अबिधेशनमा गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान “प्रख्यात”ले आर्थिक बर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो भने गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले बजेट सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष मोक्तानले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, रोजगा तथा सामाजिक सुरक्षाका क्षेत्रलाई प्राथमिकता दिइएको छ । विकास तथा पूर्वाधारका क्षेत्रमा खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।


यस्तै गाउँपालिकाले सभामा मरिण गाउँपालिकाले करिब ५६ करोड बजेट प्रस्तुत गरेको छ । मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक बर्ष ०८०/०८१ को लागि ५५ करोड ९६ लाख ५१ हजार ८ सय १ रुपौयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा पूँजीगत तर्फ १४ करोड ६७ लाख ५५ हजार र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ रहेको उपाध्यक्ष विमला माझीले बताउनु भयो । आ.व. ०८०/०८१ को लागि संघीय र प्रदेश सरकारबाट प्राप्त चालु २३ करोड ४७ लाख ५० हजार र पूँजीगत ५ करोड ४५ लाख र गा.पा.को आन्तरिक स्रोत सहित ९६ लाख ५१ हजार ८ सय १ रुपौयाको बजेट सार्बजनिक गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *