सिन्धुलीकी सांसद थिङ नेपाली कांग्रेसको संसदीय सचेतकमा नियुक्त

जेठ २५,सिन्धुली/नेपाली कांग्रेसको सचेतकमा सिन्धुलीकी सुशीला थिङ नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई आज सचेतकमा नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसको संसदीय दलको नेताको निजि सचिवालयले आज बिज्ञप्ती जारी गरेर जानकारी गराएको हो ।
बिज्ञप्तिमा भनिएको छ “ नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस ससंदीय दलको बिधान (संशोधन) तथा परिमार्जन सहित,२०७४) को धारा उपधारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्य माननिय शुसिला थिङलाई प्रतिनिधि सभाको सचेतक पदमा मनोनय गर्नुभएको छ”
थिङ सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्बर २ स्थायी घर भएकी समानुपातिक सांसद नेपाली कांग्रेसको केन्द्रीय समेत हुनुहुन्छ ।
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']