• जेठ १८, सिन्धुली/सिन्धुली अस्पताल सिन्धुली ६ दिन पछि सन्चालनमा आएको छ । गर्भवती महिलाको निधन पश्चात आक्रोसित भिडले अस्पतलमा तोडफोड गरेपछि डाक्टरहरले सामुहिक राजीनाम दिएर अस्पताल बन्द गराएका थिए । डाक्टरहरुको मागलाई सम्बोधन गर्ने निर्णय भएपछि आजबाट अस्पताल सन्चालनमा आएको हो ।
    सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले अस्पतालको सेवा सुचारुको लागि अनुरोध गर्नुभएको छ । आज अस्पतालमै पुगेर अस्पताल ब्यबस्थापन समिती,कर्मचारीहरु सँग छलफल गरेर ६ दिनसम्म अस्पतालको ओपिडि सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेकाले डाक्टरहरुलाई अस्पतालमा फर्केर जनताले पाउनुपर्ने अतिआबश्यक सेवा प्रवाह गर्न अनुरोध गर्नुभएको हो ।
    डाक्टरहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालमा नफर्किने, अस्पताल तोडफोड गर्नेहरुलाई यथाशिघ्र खोजि कानुनी कारबाही गर्नुपर्ने माग राखेकाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीले डाक्टरहरुको मागलाई सम्बोधन गरिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले जानकारी दिनुभयो ।
    तोडफोड हुँदा अस्पतालको भौतिक संरचना तथा उपकरणहरुमा क्षति पुगेकाले अस्पताल संचालनमा आएपनि सेवा प्रदानमा समस्या रहेने सिन्धुली अस्पताल सिन्धुलीका मेडिकल सुपरीटेण्डेन डाक्टर उमेश प्रधानले बताउनु भयो । साथै उहाँले गाइनोकोलोगिस्ट डाक्टर दिनेश कुमार मितले गलत औषधि दिएर बिरामाीको मृत्यु भएको भन्ने बुझाई गलत भएको बताउनु भयो ।
    कमलामाई नगरपालिका ५ की गर्भवती गंगा गुरूङ श्रेष्ठको गत जेठ ९ गते मृत्यु भएको थियो । सिन्धुली अस्पतालमा उपचारको क्रममा भेन्टिलेटरमा राखि उपचार गर्नु पर्ने भन्दै वर्दिवास रिफर गरिएको थियो । बर्दिबास लैजादा गर्दा बाटैमा मृत्यु भएपछि डाक्टरले गलत ओेैषधि प्रयोग गर्दा गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।