सिन्धुली कारागार बन्दीगृह बाट ९ जना कैदी कैदमुक्त

जेठ १५,सिन्धुली/गणतन्त्र दिवस २०८० को अवसरमा सिन्धुली जिल्ला कारागार बन्दीगृह बाट ९ जना कैदी कैदमुक्त भएका छन् । बिभिन्न मुद्धामा कैदमा रहेका ९ जना कैदी कैदमुक्त भएका हुन् ।
जिल्लाको कैदीहरुको बाकिँ कैद कट्टा भई गृह मन्त्रालय,स्थानिय प्रशासन तथा प्रदेश समन्वय शाखाको सिफारिसमा ९ जना कैदी कैदमुक्त भएका हुन् । कैद मुक्त हुनेमा सिन्धुली जिल्लाका ३ जना सहित अन्य जिल्लाका ६ जना रहेका छन् ।
संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई कैदमुक्त गरिदिएको जिल्ला कारागारका नायब सुब्बा मातृका प्रसाद पहाडीले जाकनारी दिनुभयो ।
कैदमुक्त हुनेमा सिन्धुली जिल्लाका बिभिन्न मुद्धा कटाईरहेका ज्यामुसाङ लामा,तामाजोर बुढा भनिने बिमल डिम्दोङ र लक्ष्मी माया स्याङ्ताङ दोङ रहेका छन् ।
त्यस्तै सर्लाहिका नरेश कुमार बलाम्पाकी र अक्षय कुमार महतो,महोत्तरीका मनोज कुमार पासवान,धनुसाका रामकरण मण्डल,सिन्धुलीपाल्चोकका जित बहादुर तामाङ र धादिङका यादब गिरी रहेको पहाडिले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *