सिन्धुलीमाढीमा सन्चालन भएको महिला आत्मरक्षा तालिमको समापन
जेठ ५,सिन्धुली/ नारि माथि हुने हिंसात्मक गतिविधि तथा दुर्ववहार प्रतिकार गर्नको लागि सिन्धुलीमाढीमा सन्चालन भएको महिला आत्मरक्षा तालिमको आज समापन भएको छ ।
जिल्ला युवा समिती सिन्धुली बागमती प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदको आयोजनामा हिजो बाट आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको महिला आत्मरक्षा तालिम सुरु भएको थियो ।
जिल्लामा महिला,बालबालिकामा दुब्र्यवहारका घटनाहरु बढ्दै गएकाले विद्यालयदेखीनै छात्राहलाई आत्मरक्षाको प्रशिक्षण आबश्यक रहेकाले आत्मरक्षाका तालिम प्रदान गरिएको जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम कार्किले बताउनु भयो ।
२ दिने आत्मरक्षा तालिम पश्चात आत्मबल बढेको सहभागी कबिता कार्किको भनाई छ । “एक्लै हिड्दा मन डराउने गर्थियो । मै माथि त्यस्ता घटना भइहाल्छ कि भन्ने लाग्थने गर्थियो । आत्मरक्षा तालिम पश्चात थोरै भएपनि डर हटेको छ । ”कार्किले भन्नुभयो ।
आफु माथि कसैले आक्रमण गरिहाले कसरी प्रतिकार गर्ने,तत्काल आफु कसरी सुरक्षित हुने भन्ने बिषयमा छात्राहरुलाई प्रशिक्षण गराइएको प्रशिक्षक लिला उर्बर्सीेले बताउनु भयो ।
विद्यालय जादाँ,आउँदा,सार्बजनिक स्थल लगायतका क्षेत्रमा कसरी सुरक्षित हुने भन्ने स्पष्ट रुपमा तालिममा बताइएको थियो ।
छात्राहरुलाई अन्र्तराष्ट्रिय खेलाडि गोपिलाल बोम्जन,प्रशिक्षक रमिता उपाध्याय , लिला उर्बर्सीले र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले प्रशिक्षण गराउनु भएको थियो ।
जिल्लाभर बाट बिभिन्न बिद्यालय तथा क्याम्पसका ४५ जना छात्राहरुको उपस्थिती रहेको थियो ।