सिन्धुलीमा पाराग्लाईडिङ् सफल परीक्षण

बैशाख १२, सिन्धुली/सिन्धुलीमा पाराग्लाईडिङ्को पहिलो पटक सफल परीक्षण गरिएको छ । कमलामाई नगरपालिका ४ च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका ६ लोकतान्त्रिक चौरमा पाराग्लाईडिङ्को सफल परीक्षण अवतरण गरिएको हो ।
प्रयास होटल प्रालि कमलामाई नगरपालिका ६ रातमाटाले सिन्धुलीमा पहिलो पटक प्याराग्लाईडिङ् ब्यवसाय सुरु गर्नको लागि पाराग्लाईडिङ्को परीक्षण गरिएको थियो । परीक्षणको लागि सोमबार एकल उडान गरिएकोमा सफल भएपछि पुन आज यात्रु सहितको उडान सफल भएकाले सिन्धुलीको आकाश प्याराग्लाईडिङ्को लागि सुरक्षित रहेको निर्देशक नेत्रजंग थापाले बताउनु भयो ।
यात्रु दिया थापा सहित पाइलट दिल कुमार सुनवारले आज दिउँसो ९ सय ७० मिटरको हाइटबाट १२ः३० बाट उडान सुरु गरिएकोमा १२ः४८ मा सफल अवतरण गरिएको निर्देशक थापाले जानकारी दिनुभयो ।
सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला हो । जसमा राजधानि काठमान्डौँ र भारतको ठुलो शहर पट्ना लगायत अन्य जिल्ला जानको लागि सहज भएकाले महिनामा लाखौँको संङ्ख्यामा पर्यटकहरु सिन्धुली जिल्ला भएर आवात जावत गर्ने गर्दछन् । सोहि पर्यटकलाई सिन्धुलीमा आकर्षित गराउनको लागि पाराग्लाईडिङ् मुख्य ब्यसाय हुने निर्देशक थापाले आशा ब्यक्त गर्नुभएको छ ।
सिन्धुलीमा पर्यटक भित्र्याउने मुख्य उदेश्य सहित कमलामाई नगरपालिकाको ४ नम्बर वडाको च्याउकोट डाँडाँ जहाँ सोहि ठाउँमा उत्पति भएको शिद्धबाबा मन्दिर साथै वडाले बागमति प्रदेश सरकारको सहयोगमा करौडौँ खर्चिएर निर्माण गरिएको भ्यु टाउर पनि छेउमै रहेकाले उक्त डाँडाँबाट उडानको लागि उपयुक्त रहेको उहाँको भनाई छ ।
सिन्धुलीको भ्याली अवलोकनको दृष्टिकोणले उपयुक्त रहेकाले पर्यटकको मोह बढ्ने अपेक्षा सहित पाराग्लाईडिङ् सुरु गर्न तयारीमा लागिएको निर्देशक थापाले तर्क ब्यक्त गर्नुभयो ।
२ करोड लागतमा २०८० जेठ १ गते बाट ब्यबसायिक रुपमा पाराग्लाईडिङ सुरु गरिने तयारी भइरहेको उहाँले बताउनु भयो । ब्यबसायिक रुपमा बागमती प्रदेशमा नै पहिलो पटक पाराग्लाईडिङ् सन्चालन गरिने भएकाले मौसमको अनुकुलता अनुसार ५० वटा उडान गरिने लक्ष्य रहेको निर्देशक थापाको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *