वडा अध्यक्ष सहित ३ जनालाई कुटपिट तथा अभद्र व्यवहार गरेको मुद्धा प्रहरीले दर्ता गर्न मानेन
बैशाख ७, सिन्धुलीरजिल्ला प्रहरी कार्यालय सिन्धुलीले वडा अध्यक्ष सहित ३ जनालाई कुटपिट तथा अभद्र ब्यबहार गरेको मुद्धा दर्ता गर्न अटेर गरेको छ ।
मरिण गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सहित ३ जनालाई कुटपिट तथा अभद्र ब्यबहार गरेको भन्दै निबेदन दिएर पटक पटक अनुरोध गरेपनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मुद्धा दर्ता गर्न अटेर गरेको हो ।
गत बैशाख ३ गते मरिण गाउँपालिका वडा नं. १ को कार्तिके माबिका अभिभावकहरुले व्यवस्थापन समिति अध्यक्ष एक बहादुर सिंजाली,सदस्य मेनुका फुयाललाई बन्धक बनाएर कुटपिट गरेको जानकारी पाएपछि बिद्यालय पुग्नुभएका वडा अध्यक्ष हिरा बहादुर गुर्माछानलाई पनि कुटपिट तथा अभद्र ब्यबहार गरेको प्रमाण भएपनि प्रहरी मुद्धा दर्ता गर्न नमानेको वडा अध्यक्ष गुर्माछानले गुनासो गर्नुभयो ।
कुटपिटमा समाबेश भएका सोहि स्थानका नेकपा एमाले पार्टि निकट नबिन बलमपाखि लाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २ दिन हिरासतमा लिएर छाडिदिएको छ । १ नम्बर वडा अध्यक्ष हिरा बहादुर गुर्माछानले निबेदन दिएर पटक पटक मुद्धा दर्ताको लागि अनुरोध गरेपनि प्रहरी बेवास्ता गरेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक शुशिला गुर्मछान, समितिका एक जना सदस्य लगाएत केही एमाले समर्थित अभिभावकहरु मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर सिन्जाली मगर र सदस्य मेनुका फुयाललाई बन्धक बनाएर कुटपिट गर्दा घाइते भएका दुबैजनालाई धुलिखेल अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष हिरा बहादुर गुर्माछाननले जानकारी दिनुभयो ।