कानूनमन्त्रि श्रेष्ठद्वारा काभ्रेको प्रहरी कार्यालय र कारागारको निरीक्षण

चैत्र १४, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि गंगानारायण श्रेष्ठले आज धुलिखेलस्थित काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको निरीक्षण गर्नुभएको छ ।
निरिक्षणको क्रममा मन्त्रि श्रेष्ठले विपद्को तयारी, सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कार्यक्रम, करिडोर र मुख्य नाका हुँदै भैरहेको अपराधिक गतिविधिको नियन्त्रणका लागि काभ्रेका प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकाललाई निर्देशन दिनुभएको छ ।
सेवाग्राहीलाई प्रभाकारी र चुस्तदुरुस्त सेवा प्रदान, दलित समुदायका लागि अलग्गै दलित सेल बनाएर सेवाप्रदान, नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रभावकारी कदम चाल्न समेत मन्त्रि श्रेष्ठले निर्देशन दिनुभएको हो ।

प्रहरीका लागि भौतिक पूर्वाधारको निर्माण र आधुनिक उपकरणहरू उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुहुदै मन्त्रि श्रेष्ठले यही क्रममा चाँडै प्रहरी समायोजन हुने विश्वास पनि व्यक्त गर्नुभयो । प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकालले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा अवगत गराउनुभएको थियो । साथै उहाँले जिल्लामा रहेका समस्या र समाधानका बारेमा पनि धारणा राख्नुभएको थियो ।

‘खुल्ला कारागारको नीति बनाउनेतर्फ पहल गरिने’

त्यस्तै कारागार प्रमुख परशुराम थापाले कारागारमा रहेका समस्याहरूबारे जानकारी गराउनु भएको थियो । कारागारमा भएका समस्याको सम्बोधन गर्नुहुदै मन्त्रि श्रेष्ठले कारागारमा रहेको समस्या समाधान नीतिगत रूपमा गर्नुपर्ने धारणा राख्नुभयो ।
खुला कारागारको नीति बनाउनेतर्फ पहल गर्ने कुरा बताउनुहुँदै मन्त्रि श्रेष्ठले कारागारमा रहेको तत्कालको भौतिक समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *