-
फागुन २९, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगाा नारायण श्रेष्ठले रसुवामा अत्याधुनिक प्रबिधियुक्त प्रहरी चौकी निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ । औपचारिक एक कार्यक्रमलाई सम्बोधन गर्न रसुवा पुग्नु भएको मन्त्रि श्रेष्ठले जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार निरीक्षण गर्नुभएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन २९, २०७९
रसुवाका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले अन्तर्राष्ट्रिय सीमा जोडिएको जिल्लामा आवश्यक जनशक्ति नहुँदा शान्ति सुरक्षामा समस्या भइरहेको, पर्यटकीय जिल्ला भएकाले जिल्लामा अत्याधुनिक प्रबिधिसहितको प्रहरी चौकीहरू नहुँदा समस्या भैरहेको समस्या राख्नुभएको थियो ।
सो ममस्याको सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले अत्याधुनिक प्रबिधियुक्त प्रहरी चौकी निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभएको हो ।
रसुवाको भूकम्पले क्षतिग्रस्त कारागार भवन निकै जोखिमपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले कारगारभित्र बन्दीहरूलाई सुरक्षित आवासका लागि भवन निर्माणका लागि प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।
साथै उहाँले चीनको सीमा क्षेत्र टिमुरे पुगेर त्यहाँ निर्माणाधीन सुरक्षा चौकी र भन्सार कार्यालय भवनको निरीक्षण तथा यही चैतसम्म निर्माण कार्य सम्पन्न हुनुपर्ने कार्यालय भवनहरू सम्पन्न नभएकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । आयोजनासम्बद्ध निर्माण व्यवसायीलाई यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न समेत मन्त्रि श्रेष्ठले निर्देशन समेत दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२